देशभरि २० प्रतिशत धान रोपाइँ

झापा । यस वर्ष असार १५ सम्म देशभरि २० प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि २०.३ प्रतिशत धान रोपाइँ भएको हो ।

देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा २ लाख ८१ हजार ८ सय ४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्म १ प्रतिशत रोपाइँ कम भएको छ ।

कृषि मन्त्रालयका अनुसार प्रदेशगत हिसाबले सूदूरपश्चिममा मात्रै हालसम्म ४९.२ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिसम्म सूदूरपश्चिममा ५४.२ प्रतिशत धान रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा अहिलेसम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा करिब ४७ प्रतिशत रोपाइँ सकिएको थियो ।

यस्तै लुम्बीनी प्रदेशमा आजसम्म २४.३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा २२.८ प्रतिशत धान रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा २८.२ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा २१.९ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो ।

यस्तै बागमती प्रदेशमा २०.५ प्रतिशत धान रोपाइँ भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशमा आजसम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *