कचनकवलका शून्य नतिजा दिने सामुदायिक विद्यालयहरूले यस वर्ष एसईईमा लाज धाने!

एसईई नतिजा २०८१: कचनकवलका सामुदायिक विद्यालयमा सुधार, संस्थागत विद्यालयहरू अझै अगाडि।

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयहरूले अघिल्लो वर्षको तुलनामा सुधार देखाएका छन्।

अघिल्लो वर्ष पूर्ण रूपमा शून्य नतिजा दिएका चार विद्यालयहरू बुद्ध मावि, लक्ष्मी मावि, जानकी मावि र शिव माविले यस वर्ष केही विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

सम्बन्धित विद्यालयबाट प्राप्त विवरण अनुसार बुद्ध माविबाट २९ जना परीक्षार्थी सहभागी हुँदा ३ जना उत्तीर्ण भएका छन्। लक्ष्मी माविबाट ३६ जना सहभागी मध्ये १३ जना सफल भएका छन्। जानकी माविबाट २१ मध्ये २ जना र शिव माविबाट २२ जना सहभागी मध्ये ८ जना उत्तीर्ण भएका हुन्।


सामुदायिक विद्यालयहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा माविबाट ९० जना विद्यार्थी सहभागी भएका थिए जसमा ३५ जना उत्तीर्ण भएका छन्। मोति माविबाट ५६ जना सहभागीमध्ये २० जना उत्तीर्ण भएका छन्। पथरिया माविबाट ६९ जनामध्ये १५ जना सफल भएका छन्। महेन्द्र रत्न माविबाट २८ जना सहभागी भएका थिए, जसमा २ जनामात्र उत्तीर्ण भएका छन्। जानकी मावि (वडा नं. ७) बाट २० जनाले परीक्षा दिँदा १ जना मात्र उत्तीर्ण भएका छन्। जनता माविबाट ३३ मध्ये २३ जना सफल भएका छन्।


संस्थागत विद्यालयहरूको नतिजा भने तुलनात्मक रूपमा उच्च देखिएको छ। साउथ दीप एकेडेमीबाट १५ जनाले परीक्षा दिएका थिए जसमा १४ जना उत्तीर्ण भएका छन्। स्वर्णिम शिक्षा सदनबाट २७ मध्ये २६ जना सफल भएका छन्। विद्यावाणी माविबाट ४६ मध्ये ३६ जना उत्तीर्ण भएका छन्। विद्या निकेतन माविबाट ४८ जनाले परीक्षा दिँदा २७ जना सफल भएका छन्। कचनकवल विद्या मन्दिरबाट १९ जनामध्ये ११ जना उत्तीर्ण भएका छन्।

समग्रमा, कचनकवल गाउँपालिकाका ५८५ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए, जसमध्ये २७० जना सफल भएका छन्।
यसले गर्दा समग्र सफलता दर ४६.१५ प्रतिशत पुगेको छ।


सामुदायिक र संस्थागत विद्यालयहरूको समग्र तुलनाले निजी विद्यालयको नतिजा अझै उच्च स्तरमा रहेको छन्। सामुदायिक विद्यालयहरू सुधारको यात्रामा छन्। तथापि, केही विद्यालयहरूको नतिजा अझै पनि कमजोर देखिएको छ। परीक्षामा समग्र सामुदायिक विद्यालयतर्फको औसत सफलता दर न्यून देखिए पनि विगत वर्षको तुलनामा सकारात्मक परिवर्तन देखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *