११ महिनामा व्यापार घाटा झण्डै १४ खर्ब

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले झण्डै १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, यो अवधिमा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको हो।

राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले बढेर रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा १.८ प्रतिशतले गिरावट आएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

भारत, चीन र अन्य मुलुकबाट आयात वृद्धि
वस्तु आयात मुख्यतया भारत, चीन र अन्य मुलुकहरूबाट भएको छ, जसमा क्रमशः ७.६ प्रतिशत, १५.३ प्रतिशत र २९.५ प्रतिशतको वृद्धि देखिएको छ।
आयात गरिएका वस्तुहरूमा भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्ट्स, खाने तेल र स्पन्ज आइरन जस्ता वस्तु प्रमुख छन्। यता, पेट्रोलियम पदार्थ, सुन, विद्युत उपकरण, रासायनिक मल र कोइला जस्ता वस्तुको आयातमा भने घटावट आएको छ।

निर्यात वृद्धि तर सीमित नाकामार्फत मात्र
समीक्षा अवधिमा कुल निर्यात ७७.८ प्रतिशतले वृद्धि भई रु २ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३ प्रतिशतले घटेको थियो।
गन्तव्य मुलुकका आधारमा भारततर्फको निर्यातमा ११२ प्रतिशतको ठूलो वृद्धि देखिएको छ भने चीन र अन्य मुलुकतर्फ क्रमशः ३ प्रतिशत र ४.४ प्रतिशतको वृद्धि भएको छ।

निर्यात भएका प्रमुख वस्तुहरूमा भटमासको तेल, पोलिस्टर धागो, जुटका सामग्री, चिया र खोटो परेका छन्। यता, पाम तेल, जिङ्क सिट, जुस, तयारी पोशाक र अलैंचीको निर्यात भने घटेको छ।

सीमाना नाका र विदेशी मुद्राको भुक्तानी
निर्यात मुख्यतः भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार नाकाबाट घटेको छ। भने जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट आयातमा वृद्धि भएको देखिएको छ।

भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी गरिएको वस्तु आयात यो अवधिमा रु १ खर्ब ६७ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु १ खर्ब ३७ अर्ब १३ करोड थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *