काँकडभिट्टामा पेस्तोल र मेटल बुलेटसहित भारतीय नागरिक पक्राउ

झापा। पूर्वी सीमावर्ती क्षेत्र काँकडभिट्टाबाट प्रतिबन्धित हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मेची भन्सार कार्यालय परिसरमा मंगलबार बिहान करीब ९ बजे जाँचको क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय नागरिकलाई एयर पेस्तोलसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति भारत पश्चिम बंगाल राज्यको दार्जिलिङस्थित सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अग्रवालले डब्लयू बी ७४ ए जे ०४०० नम्बरको स्कुटर चलाइरहेका थिए। स्कुटरको डिक्की जाँच गर्ने क्रममा एक थान एयर पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने १८ थान मेटल बुलेट प्लास्टिकको पोकोमा फेला परेको हो।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले अग्रवालको साथबाट चार थान मोबाइल पनि बरामद गरेको छ। हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। प्रवक्ता खड्काका अनुसार हतियार कुन प्रयोजनका लागि र कहाँबाट ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *