काठमाडौं। ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका-३ थुङरुङ्वाका राजकुमार लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
३९ वर्षीय देवान मगलबार घरमा बसिरहेका वेला मंगलबार अपराह्न पानीसँगै परेको चट्याङले लागेर घाग्दा घाइते हुनुभएको थियो। घाइते देवानलाई उपचारका लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको पारिवारिकले जनाएको छ ।
यस्तै, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । मंगलबार साँझ ६ बजेको समयमा घरको एमसिबी झार्ने क्रममा १७ वर्षीय लिम्बू चट्याङले लागेर घाइते भएका हुन्।