बाह्रदशीमा सवारी दुर्घटना दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

झापा, असार २५ — झापा जिल्लाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटना आज दिउँसो करिब ३:४० बजे भएको हो। राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजे ६४४० नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुबै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

गम्भीर घाइते दुवै जनालाई तत्कालै उपचारका लागि प्रदेशीय अस्पताल भद्रपुर लगिएको थियो। तर, उपचारका क्रममा आजै साँझ ४:४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार अन्दाजी २४–२५ वर्षकी महिला र अन्दाजी ७ वर्षीय बालक समेत गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ। दुबैको अवस्था गम्भीर रहेको र हाल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। दुर्घटनामा संलग्न दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा राखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *