झापामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका १ सुडुखुट्टुस्थित सडकखण्डमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

बुधबार अपराह्न ३ बजे इप्रका कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले भारत बिहार राज्य किसनगंज जिल्ला सिंगीमारी पञ्चायत–५ बस्ने ६० वर्षीय गबरी साहलाई शंका लागी जाँच गर्दा ट्रयाकसुटको बायाँ गोजीमा लुकाएर ल्याउँदै गरेको लागुऔषध जस्तो देखिने खैरो लिसिलो पदार्थ (संभावित ब्राउन सुगर) फेला परेको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

प्लास्टिकमा प्याक गरिएको उक्त पदार्थको तौल १०१ ग्राम ६३ मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। साह भारतबाट साइकलमा नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्। उनलाई साइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *