पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठक पक्राउ

झापा। पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनी सम्बोधन गर्ने गरेको र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको एसपी बोहराले बताए।

यस्तै सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि प्रहरीले सोधपुछ गर्न नियन्त्रणमा लिएको जनाएको छ।
वैशाख १३ गते पनि पाठकले जारी गरेको समवेदना सन्देशमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश भनी उल्लेख थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *