प्रधानमन्त्री ओलीद्वारा बुद्धशान्तिमा ‘भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल’को समुद्घाटन हुने

झापा। बुद्धशान्ति गाउँपालिकामा नवीनतम स्वास्थ्य पूर्वाधारसहित निर्माण गरिएको ‘भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल’को आज शनिबार औपचारिक उद्घाटन गरिने भएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ भने उद्घाटन समारोह बिहान ११:०० बजेदेखि सुरु हुने जनाइएको छ।


अस्पतालले श्रावण १ गतेदेखि बर्थिङ सेन्टरसहित २४ घन्टा सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। स्थानीय स्तरमै पहुँचयोग्य, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो अस्पताल स्थापना गरिएको हो।
यो अस्पताल दिवंगत आमा तथा पूर्वप्रधानपञ्च भागिरथा न्यौपानेको स्मृतिमा निर्माण गरिएको हो। न्यौपाने परिवारले अस्पताल निर्माणका लागि १५ कट्ठा जग्गा दान गरेका थिए। त्यही योगदानको सम्मानमा अस्पतालको नाम ‘भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल’ राखिएको हो।
स्थानीयस्तरमा स्वास्थ्य सेवालाई बलियो बनाउने दिशामा यो अस्पताल एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। आधुनिक पूर्वाधारसहितको सेवा सञ्चालनले बुद्धशान्तिवासीको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *