अध्यागमनमा मिजासिलो व्यवहार अनिवार्य, यात्रुलाई ‘शुभयात्रा’ भन्नुपर्ने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले यात्रुसँग मिजासिलो व्यवहार अनिवार्य गर्ने आचारसंहिता लागू गरेको छ। यात्रुसँग थोरै र आवश्यक प्रश्न मात्र गर्ने, खाडी मुलुकलगायत श्रमिक गन्तव्यतर्फ जाने यात्रुलाई विशेष सम्मानका साथ व्यवहार गर्ने, नरम शैलीमा प्रस्तुत हुनेजस्ता निर्देशिका शुक्रबार जारी गरिएको हो।

अबदेखि प्रस्थान गर्ने यात्रुलाई अनिवार्य रूपमा ‘शुभयात्रा’ र आगमन गर्ने यात्रुलाई ‘हजुरलाई नेपालमा स्वागत छ’, ‘तपाईंको दिन शुभ रहोस्’ भन्नुपर्नेछ। कर्मचारीले कानुनी, सामाजिक र सांस्कृतिक मूल्यप्रति संवेदनशील र जवाफदेही बन्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

सेवा प्रवाह छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र नतिजामूलक बनाउनुपर्ने बताइएको छ। अध्यागमन राष्ट्रको ‘मुहार’ हुने भएकाले पर्यटकसँग आत्मीय व्यवहार गर्नुपर्ने पनि स्पष्ट गरिएको छ। यात्रुहरूले सेवा प्रवाहबारे मूल्याङ्कन गरी उत्कृष्ट, सन्तोषजनक वा औसत भनेर प्रतिक्रिया दिन सक्ने व्यवस्था गरिएको छ।

परिचय खुल्ने पहिरनमा रोक

अध्यागमन कार्यालयले विदेश जाने यात्रुका लागि सङ्घ–संस्थाको लोगो, चिह्न वा परिचय खुल्ने टिसर्ट, टोपी, झोला, ब्याच, खादा, माला लगाउन रोक लगाएको छ। बुधबार सार्वजनिक सूचनामार्फत सुरक्षा संवेदनशीलता र यात्रुहरूबीच समान व्यवहार सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाएको छ।

वैदेशिक रोजगारी वा भ्रमण भिसामा जाने यात्रुहरू यस्ता चिह्न प्रयोग गर्दै आएको पाइएको थियो। अध्यागमन उच्च स्रोतका अनुसार कतिपय गिरोहको सेटिङमा परिचय खुल्ने पहिरन प्रयोग भएको आशंकाका कारण यो निर्णय गरिएको हो।

अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालाले सेवाग्राहीबीच विभेद नहोस् र अवाञ्छित गतिविधि नियन्त्रणमा राख्न यस्तो नियम लागू गरिएको जानकारी दिनुभयो। “सेवा सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सुधारको प्रयासस्वरूप परिचय खुल्ने पहिरनमा रोक लगाइएको हो,” उहाँले बताउनुभयो।

त्यस्तै, अध्यागमन प्रक्रियामा सेवाग्राहीको पासपोर्ट, भिसा, टिकट, बैङ्क भौचरलगायत कागजातहरू कडाइका साथ जाँच गरी विद्युतीय प्रणालीमा सुरक्षित राख्ने व्यवस्था थप बलियो बनाइएको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *