काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार)सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।