झापामा पहिलोपटक राष्ट्रिय स्तरको ह्याकाथन, बिर्तामोडमा ३६ घण्टा कोडिङ प्रतिस्पर्धा

बिर्तामोड । झापामा पहिलोपटक राष्ट्रिय स्तरको ह्याकाथन आयोजना हुने भएको छ । डेभलपर एसोसिएसन झापाले आगामी साउन १५ देखि १७ गतेसम्म ‘पब्जी–प्रोग्रामर्स अन्डरग्राउन्ड ब्याटलग्राउन्ड’ नामक ३६ घण्टे ह्याकाथन बिर्तामोडमा आयोजना गर्न लागेको हो ।

कार्यक्रमका एक आयोजक तथा मेची बहुमुखी क्याम्पसका बीसीए विद्यार्थी अविरल आचार्यका अनुसार ह्याकाथन झापाको प्रविधि समुदायका लागि एक ऐतिहासिक प्रयास हो । उनले भने, “झापाको टेक कम्युनिटीलाई राष्ट्रिय प्रविधि नक्शामा स्थापित गर्न यो कार्यक्रम एक कोशेढुंगा बन्नेछ ।”

EPIC EPIC EPIC EPIC EPIC

नेपालभरिका डेभलपर तथा प्रविधिमा रुचि राख्ने युवाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ह्याकाथनमा निरन्तर कोडिङ, सिर्जनशीलता र सहकार्यका आधारमा प्रतिस्पर्धा गरिनेछ ।

ह्याकाथनमा भाग लिन इच्छुकले यो लिंकमा क्लिक गरी आफ्ना टोली दर्ता गर्न सक्नेछन् । आयोजकले प्रतियोगिताको थिम कार्यक्रम सुरु भएपछि मात्रै सार्वजनिक गरिने जनाएको छ । ‘एलिमिनेशन थिम’मा आधारित रहने प्रतियोगितामा अन्तिमसम्म सीमित टोली मात्र टिक्न सक्नेछन् ।

“स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै प्राविधिक रूपमा सशक्त बनाउने लक्ष्यसहित हामीले यो कार्यक्रम ल्याएका हौं,” आयोजक आचार्यले बताए ।

‘लेट्स कोड, क्रिएट एन्ड कनेक्ट’ भन्ने मूल नारासहित डेभलपर एसोसिएसन झापाले प्रविधिमा रुचि राख्ने सबैलाई सहभागी हुन आह्वान गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *