कन्काई र तमोर नदी सतर्कता नजिक, अन्य प्रमुख नदीहरू सामान्य अवस्थामा

काठमाडौं , साउन ०४। आइतबार बिहानको मापन अनुसार कोशी नदीका सहायक तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई लगायतका प्रमुख नदीहरूमा भने जलसतह सतर्कता तहभन्दा तल रहेको छ।

तर, हालको मौसमी प्रणाली अनुसार देशका विभिन्न स्थानमा बहने स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। विशेषगरी इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटांङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा र नुवाकोट जिल्लामा आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको उच्च सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बाग्लुंग, लमजुंग, गोरखा, सल्यान, सुर्खेत, दैलेख, सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलबस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका जिल्लामा पनि स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम सम्भावना रहने देखिएको छ।

विभागले ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी, यात्रु, निर्माणमा खटिएका श्रमिक तथा पर्यटकहरूलाई नदी किनाराबाट टाढा रहन, सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *