बनियानी स्वास्थ्य केन्द्रमा डिजिटल एक्स-रे सेवा सुरु, अब भद्रपुर धाउनु नपर्ने

कचनकवल। कचनकवल गाउँपालिका–६ स्थित बनियानी स्वास्थ्य केन्द्रमा डिजिटल एक्स-रे सेवा औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशी र उपाध्यक्ष नवराज भट्टराईले संयुक्त रूपमा एक कार्यक्रमका बीच नयाँ सेवा उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष राजबंशीले डिजिटल एक्स-रे सेवा सुरु भएसँगै अब स्थानीय मात्र होइन, छिमेकी भारतका नागरिकहरूले समेत सहज र छिटो सेवा लिन सक्ने बताउनुभयो। उहाँले भने, “सामान्य एक्स-रेका लागि भद्रपुर पुग्नुपर्ने बाध्यता हटेको छ। अब बनियानीमै कम खर्चमा गुणस्तरीय सेवा उपलब्ध हुनेछ।”

EPIC EPIC EPIC EPIC EPIC

राजबंशीले भारत र नेपालका नागरिकहरूलाई एउटै दरमा सेवा दिने स्पष्ट पार्नुभयो।

उपाध्यक्ष भट्टराईले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिकाले क्रमशः थप सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो। “स्वास्थ्य, शिक्षा र रोजगार जनताको आधारभूत अधिकार हुन्। तिनको सुनिश्चितता हाम्रो प्रमुख दायित्व हो,” उहाँले भन्नुभयो।

झण्डै ४० हजार जनसंख्या भएको कचनकवल गाउँपालिकामा बनियानी स्वास्थ्य केन्द्र एक मात्र पूर्ण सुविधा सम्पन्न केन्द्र हो। सातै वडामा स्वास्थ्य चौकी रहेका भए पनि बनियानीमा २४ घण्टा आपतकालीन सेवा, डाक्टरको नियमित उपस्थिति, प्रसूति सेवा, सर्पदंश उपचारजस्ता विशेष सेवा उपलब्ध छन्।

स्थानीय सरकारले यो केन्द्रलाई १५ शैयाको आधारभूत अस्पतालको रूपमा विस्तार गर्ने तयारी गरिरहेको छ। नयाँ डिजिटल एक्स-रे सेवाले स्थानीय स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारितामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *