कोशी र मधेशका तराई क्षेत्रमा पानी नपर्ने, पहाडी भेगमा भने मध्यम वर्षा सम्भावना

काठमाडौं, श्रावण ८ — आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य केही भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यद्यपि तराईका अधिकांश भागमा उल्लेखनीय वर्षा नहुने प्रक्षेपण गरिएको छ।

रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशसँगै देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश र बागमतीका केही स्थानहरूमा र अन्य केही भागहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागको भनाइ छ। साथै कोशी प्रदेशका पहाड तथा तराई क्षेत्र र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

मौसम विज्ञहरूका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको छ, जसको असरले तराईका भू-भागमा वर्षाको सम्भावना न्यून रहेको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *