इन्द्रदेवलाई प्रसन्न पार्न कमल गाउँपालिकामा भ्यागुताको विवाह सम्पन्न

झापा। पानी नपरेर चिन्तित बनेका कृषकहरूको आस्थालाई सम्बोधन गर्दै झापाको कमल गाउँपालिका–३ स्थित शिवालय डाँडा टोलको मुक्तेश्वर मन्दिर परिसरमा आज परम्परागत भ्यागुता–भ्यागुतीको विवाह विधिपूर्वक सम्पन्न भएको छ।

सदियौंदेखि चलिआएको जनविश्वास अनुसार जलका देवता इन्द्रदेवलाई प्रसन्न पार्न भ्यागुताको विवाह गरिने परम्परा रहेको छ। यसैअनुसार, समयमै वर्षा नहुँदा चिन्तित किसान तथा स्थानीय श्रद्धालुहरूका उपस्थितिमा उक्त सांस्कृतिक अनुष्ठान सम्पन्न गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विवाह समारोह परम्परागत वैदिक विधिअनुसार गणेश पूजन, कलश स्थापना, वरमाला, सप्तपदी (फेरो), सिन्दूरदानलगायत विधिबाट सम्पन्न भयो। नर र मादा भ्यागुतालाई दुलाहा–दुलहीका रूपमा सिँगारेर फूलमाला, रातो पहिरन, टीका र धूपदीपजस्ता सबै रस्महरू पालना गरिएको थियो।

“हामीलाई वर्षा नै जीवन हो। वर्षा नभए खेती सुक्छ, पशुपालन धराशायी हुन्छ,” कार्यक्रम संयोजक दुर्गा थापा झगडे माईलादाइले बताए, “त्यही भएर जलदेवता र इन्द्रदेवलाई प्रसन्न पार्न यो परम्परागत विवाह गरेका हौं।”

विवाहमा स्थानीय वृद्धवृद्धा, कृषक, बालबालिका र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा भजन, नाचगान तथा प्रसाद वितरणसमेत गरिएको थियो।

स्थानीय धर्मगुरुहरूका अनुसार, यस्ता सांस्कृतिक कर्मकाण्डले धार्मिक आस्था, प्राकृतिक चेतना र सामाजिक एकता बलियो बनाउने विश्वास गरिन्छ। वर्षा समयमै होस् र कृषकहरूको उत्पादन सफल होस् भन्ने कामनासहित कार्यक्रम सम्पन्न गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *