झापा, साउन १०। झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४, ओलिचोकमा साउन ६ गते बिहान ग्यास सिलिन्डर लिक भई भएको आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको कीर्तिपुरस्थित बर्न सेन्टरमा निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार, उपचारका क्रममा आज बिहान ओलीको मृत्यु भएको हो। भोलि पोष्टमार्टमपछि उनको शव झापा ल्याइने जनाइएको छ।
घटनाको दिन बिहान खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगो सल्किँदा ओलीसहित उनका परिवारका अन्य सदस्यहरू पनि जलेर घाइते भएका थिए। आगलागीमा ओलीसहित उनकी श्रीमती, छोरा, बुहारी र एक भतिज घाइते भएका थिए। हाल घाइते अन्य सदस्यहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ।