सूर्योदय ६ तारगाउँमा “आफ्नो गाउँ आफैं बनाऔं” अभियान : युवाबाट सरसफाइदेखि संरचना सुधारसम्म योगदान

सूर्योदय। सुर्योदय नगरपालिका–६ तारगाउँका युवाबाट गाउँ विकासमा उदाहरणीय सक्रियता : “आफ्नो गाउँ आफैं बनाऔं” नारासहित सरसफाइदेखि संरचना सुधारसम्म योगदान

“आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै सुर्योदय नगरपालिका–६ तारगाउँ उत्तरे टोलका युवाहरूले गाउँको समग्र विकासमा सक्रिय भूमिका खेलिरहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

स्थानीय विकासप्रति जिम्मेवार भावना राख्दै उनीहरूले गत हप्ता र आज गरी दुई दिनसम्म निरन्तर सरसफाइ तथा मर्मत कार्यमा सहभागिता जनाएका छन्। पैदलयात्रीहरूको सहज आवागमनका लागि कच्ची बाटोको मर्मत गर्नुका साथै गुराँस फुल रापने, पानीको मुहान क्षेत्रको सफाइ र संरक्षणमा समेत उनीहरू सक्रिय देखिएका छन्।

सडक सुधार, सरसफाइ अभियान, खानेपानी स्रोतको संरक्षण, विद्यालय सुधार, र रूखरोपणजस्ता गतिविधिमा सामूहिक श्रमदानमार्फत युवाहरूले श्रम, समय र सीपको योगदान दिँदै आएका छन्।

यी अभियानले तारगाउँको भौतिक सुधार त गरेका छन् नै, साथै युवाहरूमा नेतृत्व क्षमता र सामाजिक एकताको भावना समेत विकास गराएका छन्। यो अभियान अन्य समुदायहरूका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *