काठमाडौं । चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ ।
बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ।रसुवागढी क्षेत्रमा पनि पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ ।
नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको र तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ। गाउँपालिका र प्रहरी प्रशासनले जारी सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग पुर्याउन भनेको छ।