पाँचथरमा पत्नीको सहमति बिना यौन सम्बन्ध कायम गरेको आरोपमा पति पक्राउ

फिदिम। फिदिम नगरपालिका–४ की एक महिलाले आफ्नै श्रीमानमाथि सहमति बिना जबरजस्ती यौन सम्बन्ध कायम गरेको आरोप लगाएकी छन्। उजुरीका आधारमा प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार महिलाले प्रहरीसमक्ष दिएको जाहेरीमा पतिले मादक पदार्थ सेवन गर्ने, बारम्बार झगडा गर्ने, कुटपिट गर्ने र पत्नीको इच्छा विपरीत बलपूर्वक यौन सम्बन्ध राख्ने गरेको उल्लेख छ। कानुनअनुसार यस प्रकारको व्यवहारलाई ‘वैवाहिक बलात्कार’ अन्तर्गत ल्याइन्छ।

EPIC EPIC EPIC EPIC EPIC

पीडित दम्पती भाडामा बस्दै आएका थिए र उनीहरूकी अढाई वर्षीया छोरी पनि रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल बुडाथोकीका अनुसार युवकलाई हाल हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसार वैवाहिक सम्बन्ध कायम रहँदा पतिले पत्नीको सहमति बिना जबरजस्ती यौन सम्बन्ध राखेमा अधिकतम पाँच वर्षसम्म कैद सजायको प्रावधान छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *