एक लाख घुस लिएको अभियोगमा कल्याणपुरका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ ।

नगरपालिकाको वडा नं.–मा नाला निर्माणको भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

सो नाला निर्माणको भुक्तानी गर्दा मेयर साहले १ लाख रुपैयाँ घुुस लिएको पाएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मेयर साहले कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेर लिएको पुष्टी भएको अख्तियारको भनाइ छ । यहि अभियोगमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा उनी विरुद्ध मुद्दा दायर भएको हो । 

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएकोले मेयर साह स्वतः निलम्बनमा परेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *