काठमाडौं। जन्मदिनको पार्टी मनाउँदै गर्दा पक्राउ परेका गुण्डानाइके चक्रे मिलन (मिलन गुरुङ) लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न बुधबार आदेश गरेको हो।
हुलदंगा गरेको आरोपमा उनीसहित १९ जनालाई साम्बाला होटलबाट प्रहरीले गत साउन १५ गते पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालय अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो।
थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।