दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ । आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैँ र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् । 

उनले भने, “इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालीको दशैँ तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन ।” 

EPIC EPIC EPIC EPIC EPIC

उनले व्यवसायीहरूलाई दशैँ र तिहारको बेलामा मानिसको चहलपहल बढी हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए । उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरू प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए । 

“पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो । अहिले उहाँहरूले निर्णय गरेपछि उहाँहरुलाई हस्तान्तरण गरेका छौँ” उनले भने । 

यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दै यसमा गम्भीर हुन आग्रह गरे । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *