बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, वर्षा थप सक्रिय हुने अनुमान

काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रही रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको लगायत बाँकी पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।

आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू-भागमा थोरै र बाँकी भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *