बनियानी। कचनकवलमा युवतीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ।
झापाको कचनकवल गाउँपालिका-७, सुकुम्बासी टोल निवासी नेस्मुदिन मियाँकी २२ वर्षीया छोरी रुज्वानी मियाँ मृत अवस्थामा फेला परेकी छन् ।
उनी हिजो बेलुका ५ बजेदेखि हराइरहेकी थिइन् । परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा आज बिहान दीपज्योति सामुदायिक वनको ब्लक नं. ५ मा रहेको डोब होलीमा सखुवाको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।