केचनाको महेन्द्र रत्न मावि नजिकै सडक सुरक्षा सन्देशसहित नेविसंघले जडान गर्‍यो होर्डिङ बोर्ड

कचनकवल । नेपाल विद्यार्थी संघ (नेविसंघ) कचनकवल गाउँ कार्य समितिले कचनकवल–४ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय नजिकै सडक सुरक्षा सम्बन्धी चेतनामूलक होर्डिङ बोर्ड जडान गरेको छ।

केचना नेपालको सबैभन्दा होचो भूभाग भएकाले यहाँको विद्यालय मेची राजमार्ग र सीमा क्षेत्र नजिकै पर्छ। दैनिक रुपमा भारतीय नम्बरका गाडीहरू यो सडकमा तीव्र गतिमा गुड्ने भएकाले विद्यार्थीहरू निरन्तर सडक दुर्घटनाको जोखिममा रहने गरेको नेविसंघले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यही अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीको जीवन सुरक्षा, स्थानीयलाई सचेत बनाउने उद्देश्यले उक्त चेतनामूलक अभियान सुरु गरिएको हो। “विद्यार्थी सुरक्षा हाम्रो संकल्प, सडकमा चेतना जीवनको सुरक्षा” भन्ने नारा कार्यक्रमका संचालक तथा नेविसंघ कचनकवल गाउँ कमिटीका सचिव दिनेश चौधरीले उद्घोष गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामनारायण राजवंशी, प्रधानाध्यापक मोहन राजवंशी, वडा सदस्य सन्तोष गणेश, नेपाली कांग्रेस कचनकवल–४ का सभापति हारुन रशिद, इलाका प्रहरी कार्यालय केचनाका प्रमुख जुलुम चौधरीलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, नेविसंघ कचनकवल गाउँ कमिटीका अध्यक्ष आशिष वाग्ले, उपसभापति फर्याज आलम, सचिव दिनेश चौधरी, कोषाध्यक्ष आयुषा पौडेल, सदस्यहरू आनन्दी राजवंशी, उज्ज्वल खड्का, अन्जुन रजा मियाँ, मुजाफर हुसेन, देबु रोय, अक्षय गणेशलगायतका युवा विद्यार्थी नेताहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

नेविसंघले सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै विद्यार्थी हितका कार्यक्रम निरन्तर चलाइने जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *