दिपेन्द्र लुइटेल भोजपुर । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकारहरूले विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ, भोजपुरको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको हो । सहभागी पत्रकारहरूले टाउकोमा कालो पट्टि वाधेर , प्रेश स्वतन्त्रता विरोधी प्रावधान खारेज गरु जस्ता व्यानर सहित धर्ना कार्यक्रम गरेका थिए ।
नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले विधेयकका स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
कोशी प्रदेशसभामा ‘आम सञ्चार विधेयक’ पेस भएलगत्तै व्यापक बहस सुरु भएको छ । विधेयकमा पत्रकारितामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठनहरूले तीव्र विरोध जनाइरहेका छन् ।