कोशी र लुम्बिनीमा अविरल वर्षा, मौसमविद् भन्छन्– अझै झरी बढ्न सक्छ

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको छ ।काठमाडौं – कोशी र लुम्बिनी प्रदेशका विभिन्न भागहरूमा गएरातिदेखि लगातार भारी वर्षा भइरहेको छ। अरब सागर र बंगालको खाडीबाट नेपालतर्फ प्रवेश गरेको जलवाष्पयुक्त वायुले सक्रिय मनसुन प्रणालीलाई थप उकास्दा देशका विभिन्न भूभागमा झरीको प्रभाव बढ्दै गएको छ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहे पनि जलवाष्पयुक्त वायुको सक्रियताले केही दिन झन् बढी वर्षा हुने सम्भावना रहेको छ। “बादल बढ्ने क्रममा छ, पूर्वका कोशी र मधेश हुँदै लुम्बिनीसम्म भारी वर्षाको संकेत देखिएको छ,” उनले भनिन्।

EPIC EPIC EPIC

जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी प्रदेशको झापाको केचनामा पछिल्ला २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन गरिएको छ। दमकमा ९२.८, दिङ्गलामा ९४.६ र उदयपुरको गाइघाटमा मात्र एक घण्टामै ५४.६ मिलिमिटर वर्षा भएको छ।

साथै, लुम्बिनी प्रदेशका बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा र अन्य क्षेत्रहरूमा पनि लगातार पानी परेको छ। एक घण्टामा ५० मिलिमिटरभन्दा बढी पानी पर्नु ‘भारी वर्षा’ को मापदण्डमा पर्छ।

मौसमविद् कँडेलका अनुसार, आगामी दिनहरूमा मनसुनको रेखा अझै उत्तरतर्फ सर्न सक्ने भएकाले देशका केही भागहरूमा अझै उच्च वर्षाको जोखिम रहन सक्नेछ। विशेषगरी पूर्वी तराई, कोशी, मधेश र लुम्बिनी प्रदेशमा स्थानीय बाढी, पहिरोको जोखिम रहने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल देशभर एकनासले नभई स्थान विशेषमा भारी वर्षा हुने अनुमान छ। मौसम पूर्वानुमान अनुसार, राति र बिहानको समयमा वर्षाको सक्रियता झन् तीव्र बन्न सक्ने देखिन्छ।

गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ । पछिल्लो एक घण्टामा पनि बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् । उनको अनुसार यसको प्रभाव अबको दुई–तीन दिनसम्मै देखिने पूर्वानुमान पनि छ ।‘बादल बढ्ने क्रममा छ । रातिदेखिको कुरा गर्दा वर्षाको गतिविधि बढेको छ,’ बरिष्ठ मौसमविद कँडेलले भनिन्, ‘कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको देखिएको छ । कोशी प्रदेशपछि मधेशमा र लुम्बिनीमा पनि वर्षा भएको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ । दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ । उदयपुरको गाइघाटमा एक घण्टामा ५४।६ मिलिमिटर वर्षा भएको छ । एक घण्टामै ५० मिलिमिटरभन्दा बढी पानी पर्नु भारी वर्षा हो ।

मधेश प्रदेशका सिराहाको गोलबजार, रुपनीबजार लगायतका स्थानमा पनि पानी परेको छ । बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा, रङ्सिङ लगायतका स्थानमा पनि वर्षा भएको छ ।

बरिष्ठ मौसमविद कँडेलका अनुसार आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ । यदि नेपाल नजकि आएमा पानी पर्ने क्रम झन् बढ्ने सम्भावना रहने मौसमविदहरु बताउँछन् ।‘अहिले झापा र बाँकेमा गएको तीन घण्टादेखि भारी वर्षा भइराखेको छ र पूर्वी तराईमा अझै ठूलो वर्षा हुनसक्ने सम्भावना पनि छ’ वरिष्ठ मौसमविद कँडेलले भनिन् ।

देशभर एकनासले झरी नपरेर कुनै–कुनै क्षेत्रमा मात्र ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *