दिउँसो यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमानमा उल्लेख छ। बाँकी भूभागका केही स्थानमा समेत वर्षा हुने देखिएको छ।

त्यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि रहेको छ। साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव नेपालमा परेको विभागले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *