काठमाडौँ : ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डको स्थलगत निरीक्षण गरेका छन्।
यो सडक पहिरोका कारण अवरुद्ध छ। सडक अवरुद्ध हुँदा हजार बढी कन्टेनर अलपत्र परेका छन्। दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा आइपुग्ने सम्भावना कम भइरहेका बेला मन्त्री घिसिङ अनुगमनका लागि पुगेका हुन्।
मन्त्री हुनेबित्तिकै कुलमानले सरोकारवालाको बैठक बोलाएर सडक खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए।