“जेन-जीको जित होइन, सिंगो नेपाल हारेको छ”: कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आन्दोलनमा जेन-जी युवाहरुको जित नभएको बताएका छन् । दशैंको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै नेता सिटौलाले सिंगो नेपालले हारेका समय जेन-जीले पनि केही नपाएको दाबी गरेका हुन् । 

उनले भने, ‘भदौं २४ गते सबैतिर भएको लुटपाट, तोडफोड र अगजनीको जति निन्दा र भर्त्सना गरेपनि पुग्दैन । त्यो लुटपाट, आगजनी र तोडफोडमा सहभागी सबैलाई मेरो आग्रह छ, तपाईंहरुको मन अब यस्तो कहिल्यै नबनोस् । यस्तो आतंकारी गतिविधिमा कहिल्यै सरिक नहुनुहोस् अब । तपाईंहरूले केही जित्नु भएको छैन, सिंगो नेपाल हारेको छ ।’  

EPIC EPIC EPIC EPIC EPIC EPIC

यो घटनाले आम नेपालीको मनामा भय पसेको बताउँदै राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता सिटौलाले मुलुकलाई नयाँ निकास दिन नयाँ ढंगले अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, ‘यो त्रासदिबाट मुक्ति दिन हामीसवै फेरि एकपटक नयाँ ढंगले नयाँ सुरुवात गरौं ताकि हामीबीचमा एकता हुन सकोस् ।’  

नेतृत्व हस्तान्तरणको विषयमा नेपाली कांग्रेसभित्र विवाद सुरु भएको प्रशंगमा उनले यो बेला पार्टीमा परस्पर सहयोगको भावना हुन आवश्यक रहेको बताए । पार्टीमा देखिएको विवाद थप बढाउने भन्दा समाधान गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको उनको भनाइ थियो । 

नेता सिटौलाले राष्ट्र निर्माणका लागि फेरि पनि एकैठाउँमा आउने समय आएको बताउँदै उत्तेजना फैल्याउने काम नगर्न सबैलाई आग्रह गरे । यो दुःखलाई शक्तिमा परिणत गर्न आवश्यक रहेको बताउँदै नेता सिटौलाले आतंकबाट मुक्ति गर्न सबैको साथसहयोग जरुरी रहेको बताए । संकटबाट राष्ट्रलाई बचाउन सबैमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।   

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *