जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै सरकार

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपछि त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत् परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको पुनःउपचार (फलोअप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

EPIC EPIC EPIC

पुनः उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत भएको छ ।

त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्य सल्लाहकार र तिमिल्सेनालाई जनसम्पर्क सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । खनाल पत्रकार हुन् भने तिमिल्सेना उज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च