भारतबाट बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत

नेपाल आयल निगमले भारतले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको भएपनि हाललाई नेपाली बजारमा खुद्रा मूल्यमा हेरफेर नगरिएको जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै साविककै मूल्यमा खुद्रा बिक्री यथावत राख्ने निर्णय भएको मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट पेट्रोलमा प्रति लिटर ०.२४ पैसा, डिजेलमा २ रुपैयाँ ३५ पैसा, मट्टितेलमा २ रुपैयाँ ३९ पैसा, हवाई इन्धनमा प्रति लिटर ३ रुपैयाँ ३९ पैसा र एलपीजी ग्यासमा प्रति सिलिण्डर ३ रुपैयाँ ६० पैसा बढेको मूल्य सूची प्राप्त भएको छ ।

तर, चाडपर्वलाई लक्षित गर्दै मूल्य स्थिरता काम गरी देशभर सहज आपूर्तिका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय भएको निगमको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *