उर्लाबारीमा नदीजन्य पदार्थ चोरी र डम्पिङविरुद्ध नगरपालिकाको कडा ‘एक्सन’

दिपेन्द्र लुईटेल उर्लाबारी ।
उर्लाबारीस्थित तेली र सुनझोडा खोलाबाट नदीजन्य पदार्थ (विशेषगरी ढुंगा) को चोरी र अवैधरूपमा डम्पिङ हुँदै आएको पत्ता लागेपछि नगरपालिकाले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। चोरी तस्करी नियन्त्रणका लागि नगरप्रमुख गंगाप्रसाद खरेलको नेतृत्वमा सुरक्षा निकाय र वन कार्यालयसहितको संयुक्त टोली स्थलगत अनुगमनमा खटिएको हो।

केही महिनादेखि खोलाबाट अवैधरूपमा ढुंगा चोरी गरी खेतबारीलगायत स्थानहरूमा घाटगद्दी बनाई राखिएको पाइएको छ। उर्लाबारी–१ को कान्छिचौक र वडा नं. २ स्थित सुनझोडा खोलाको आसपास खेतबारीमा ढुंगाको थुप्रो असरल्ल भेटिएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

नगरपालिकाले गत वर्षको दशैंअघि नै ती थुप्रोहरूमा रातो झण्डा गाडेर अवैध डम्पिङलाई नियन्त्रणमा लिए पनि संलग्न व्यक्तिहरूको पहिचान हुन सकेको थिएन। हाल भने ती ढुंगाहरू जफत गर्ने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख खरेलले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *