Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति स्काउटद्वारा बुद्धशान्ति आईसोलेसनका बिरामीलाई पौष्टिक आहार

बुद्धशान्ति । कोरोना कहरको दोस्रो लहर संगै देश बन्दाबन्दीमा छ । यसै क्रममा नेपाल स्काउट बुद्धशान्तिले झापाको बुद्धशान्ति गाउँपालिकाको आईसोलेसनमा रहेका बिरामीहरुका लागि पौष्टिक आहार प्रदान गरेको छ ।

बिहिवार आईसोलेसन केन्द्रमै गएर बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारी लाई हस्तान्तरण गरिएको हो ।

EPIC EPIC EPIC

पौष्टिक आहार हस्तान्तरण पछी गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले विपतको समयमा सहयोग गर्ने स्काउटलाई धन्यवाद दिएकी थिईन् ।

पौष्टिक आहार हस्तान्तरण कार्यक्रममा नेपाल स्काउट बुद्धशान्तिका संयोजक मञ्जिल पाठक, पवन खतिवडा, केशी श्रेष्ठ, शिव प्र. पाैडेल लगायतको उपस्थिति रहेको थियो ।

स्काउटले गाउँपालिका भित्र रहेका कोभिड संक्रमित मानिसको घरदैलोमा नै पुगेर कोभिडका विरुद्ध लड्न सक्ने पौष्टिक आहार वितरण गर्ने उद्धेश्यले ‘ कोभिड–१९ संक्रमितलाई पौष्टिक खाद्यबस्तु प्रदान नेपाल स्काउट बुद्धशान्तिको अभियान’ संचालन गर्दै आएको छ । उक्त अभियानमा देशबिदेशबाट सहयोग आउँदै गरेको नेपाल स्काउट बुद्धशान्तिका संयोजक मञ्जिल पाठकले बताए ।

उनले यस अभियानमा सहभागि भई विपदको समयमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएका थिए । अझै सहयोग गर्न समेत अनुरोध गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *