काठमाडौं। सात प्रदेशमध्ये सबैभन्दा धेरै विदेशी लगानी स्वीकृति पाएका उद्योगको संख्या बागमती प्रदेशमा रहेका छन्।
उद्योग विभागका अनुसार बागमती प्रदेशका ४ हजार २३८ उद्योगले विदेशी लगानी स्वीकृति पाएका हुन्।
यस्तै प्रदेश १ मा १२९, प्रदेश २ मा १६२, गण्डकी प्रदेशमा ४४३, लुम्बिनी प्रदेशमा ७४, कर्णाली प्रदेशमा ८८ र सुदूरपश्चिम प्रदेशमा ४७ उद्योगले विदेशी लगानीको स्वीकृति पाएका छन्।