ताप्लेजुङ्गमा १६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप
काठमाडौं। कोरोनाको नयाँ भेरियन्टबाट सुरक्षित हुनको लागि ताप्लेजुङ्ग जिल्लामा हालसम्म १६ हजार २३२ जनाले कोरोनाविरुद्धको खोप लागाएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारीले बताइन्।
खोप लगाएकाहरुमध्ये १४ हजार १९१ जनाले पहिलो मात्राको खोप लगाए भने २ हजार ४१ जनाले भने दास्रो मात्राको खोप लागाएको उनले बताइन् ।