झापा । कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाईनेको करेन्ट लागेर मृत्यु भएको छ।
गाईने आइतबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा अमलखुट्टा खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा आफैं करेन्टमा परेर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ। अनुसन्धान कार्य जारी रहेको छ।