एजेन्सी । बलिउडका चर्चित अभिनेता गोवर्धन असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। असरानीका निजी सचिव बाबुभाईले उनको मृत्युको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।
उनको सोमबार दिउँसो मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा निधन भएको बताइएको छ । स्वास्थ्य समस्याका कारण विगत चार दिनदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगर शवदाहगृहमा गरिएको थियो । अन्त्येष्टिमा उनका परिवारका सदस्यहरू र नजिकका साथीहरू उपस्थित थिए।
उनी सन् १९४१ मा जयपुरमा जन्मिएका थिए । उनले ‘शोले’ लगायत फिल्ममा काम गरेका छन ।