काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २९ सय र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ३ हजार ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















