झापा। गत साउन २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाका सरकारी कार्यालय भवन, सवारीसाधनलगायतका स्रोतसाधनमा भएको क्षतिको अनुसन्धानका क्रममा सिसिटिभी फुटेज, भिडियो, फोटो र प्रत्यक्षदर्शीको बयानका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीद्वारा पक्राउ परेकाहरू
- नवराज राई (४५ वर्ष), बिर्तामोड–५ — ज्यान मार्ने उद्योग, मिति २०८२।०७।२० गते पक्राउ (७ दिन म्याद थप)
- राजन चौधरी (२२ वर्ष), बिर्तामोड–५ — आपराधिक उपद्रव, मिति २०८२।०७।२२ गते (५ दिन म्याद थप)
- आयुस धिमाल (२० वर्ष), बिर्तामोड–५ — आपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
- गोपाल सङ्ग्रौला (४२ वर्ष), कनकाई–१ — आपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
- विष्णु बि.क. (२५ वर्ष), कनकाई–३ — आपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
- कुशल तिम्सिना (२५ वर्ष), शिवसताक्षी–१० — आपराधिक उपद्रव, मिति २०८२।०७।२२ गते (४ दिन म्याद थप)
- सञ्जय बस्नेत (३१ वर्ष), शिवसताक्षी–१० — आपराधिक उपद्रव, मिति २०८२।०७।२३ गते (३ दिन म्याद थप)
- पूजा मगर (२४ वर्ष), बिर्तामोड–५ — आपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
- सुरज राई (२८ वर्ष), अर्जुनधारा–७ — आपराधिक उपद्रव, मिति २०८२।०७।२१ गते (५ दिन म्याद थप)
इलाका प्रहरी कार्यालय दमकद्वारा पक्राउ परेकाहरू
- रियाज सिलवाल (१९ वर्ष), दमक–३ — आपराधिक उपद्रव, मिति २०८२।०७।२३ गते (४ दिन म्याद थप)
- नकुल अधिकारी (२२ वर्ष), चुलाचुली–३ — आपराधिक उपद्रव, मिति २०८२।०७।२३ गते (४ दिन म्याद थप)
- साजन लुहागुन (२२ वर्ष), पाँचथर मिक्लाजुङ–५, हाल दमक–१ — आपराधिक उपद्रव, मिति २०८२।०७।२२ गते (५ दिन म्याद थप)
प्रहरीले तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान जारी रहेको र अनुसन्धानका क्रममा थप पक्राउहरू हुन सक्ने जनाएको छ।



















