घर नजिकै रोकी राखेको मोटरसाइकलबाट अचानक सुरु भएको आगोले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा तेम्बामा ४ घर जलेर नष्ट भएको छ।
स्थानीय गजेन्द्र थलङका अनुसार ती ४ घरमा ५ परिवार बस्दै आएका थिए। थलङका अनुसार राजकुमार साँवा, इन्द्र साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको छ। दोर्ची र पासाङफुटी शेर्पा समेत त्यही बस्दै आएका थिए।
४ वटै घरमा होटल व्यवसाय र पसल समेत रहेको हुनाले ठूलो मूल्य बराबर धनको क्षति भएको थलङले बताए। तेम्बामा झुरुप्प परेको बस्ती थियो।



















