एनपीएलमा आज चितवन र लुम्बिनी खेल खेल्दै

 जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।

EPIC EPIC EPIC

लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ।

कप्तान पौडेलसहित ६ खेलाडी रिटेन गरेको लुम्बिनी यसपटक अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ।

दुई विदेशीसहित १० खेलाडी यस पटक पनि चितवनबाटै खेल्दैछन्। गत संस्करणमा सर्वोत्कृष्ट खेलाडी बनेका इङ्ल्याण्डका ब्याटिङ अलराउण्डर सैफ अली जैबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ।

अहिलेसम्म काठमाण्डु, चितवन, विराटनगर र सुदूरपश्चिमले दुईदुई अंक जोडिसकेका छन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *