बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी एमालेबाट निष्काशित

झापा। नेकपा एमाले कोशी प्रदेश कमिटीले बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी, इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी र सल्लाहकार मनोरथ तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

प्रदेश कमिटी सचिव राजकुमार भण्डारीका अनुसार शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने नाबालिकामाथि बलात्कार गरेको आरोप लागेपछि कडा कारबाही गरिएको हो। उनी हाल धरौटीमा रिहा छन् र मुद्दा अदालतमा विचाराधीन छ। हिरासतमा बस्नुपर्ने अवस्थामा अस्पतालमा बसेको र त्यसमा पार्टीले संरक्षण गरेको आरोप पनि लाग्दै आएको छ।

EPIC EPIC EPIC

द्वारिकालाल चौधरी २०७४ मा इटहरीका मेयर बनेका थिए। २०७९ मा एमालेले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेर सुनसरी २(१) बाट उम्मेदवार बने पनि पराजित भए। पछि पुनः एमाले फर्किए तर सक्रिय रूपले पार्टीमा काम गर्न सकेका थिएनन्। उनी स्थानीय नेताहरूको आलोचना गर्दै आएका थिए।

त्यसैगरी, इटहरीका काशीनाथ दंगाल र डा। बद्री विशाल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *