दिपेन्द्र लुईटेल । धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । १४ जना घाइते भएका छन् । मृत्यू हुनेमा संखुवासभाको सभापोखरी २ कि ८२ बर्षिया सबिता कालाखेती रहेको धनकुटा प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए । काठमाण्डौंबाट संखुवासभाको खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटाको पाख्रिबास नगरपालिका ५ भैंसेमा दुर्घटनामा परेको हो ।
















