पालिका संवाददातासुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको नाराबाजी

सुर्खेत / नेकपा एमाले नेता महेश बस्नेतविरूद्ध सुर्खेतमा युवाहरूले नाराबाजी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरूद्व जेनजी युवाहरूले नाराबाजीसहित कार्यक्रममा अवरोध गर्ने खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बस्नेतलगायतका एमाले नेताहरू सुर्खेत आउन लागेको खबर पाएपछि जेन्जीहरूले अवरोध प्रयास गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भईरहँदा बाहिर जेनजीहरूको नाराबाजी कायमै छ । 

EPIC EPIC EPIC

एमाले नेता महेश बस्नेत बिरूद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरूले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ । 

युवा संघले थालेको अभियानले कर्णालीका युवाहरूमा चेतना, सहभागिता र नेतृत्व विकासमा मद्दत गर्ने बस्नेतले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *