प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले गरायो दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो दल दर्ता प्रक्रिया सम्पन्न गरेको छ। पार्टीले मंगलबार निर्वाचन आयोगमा पुगेर औपचारिक रूपमा दल दर्ता गराएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यथास्थितिमै निर्वाचन हुँदा देशको समस्याको समाधान सम्भव नदेखिए पनि जिम्मेवार राजनीतिक दलका रूपमा दर्ता प्रक्रिया अनिवार्य भएकाले दल दर्ता गराइएको हो।

EPIC EPIC EPIC

यसअघि आजै नेकपा (एमाले)ले पनि आगामी निर्वाचनका लागि दल दर्ता गराइसकेको छ।

फागुन २१ मा तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको अन्तिम म्याद बुधबारसम्म खुला रहेको आयोगले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *