उर्बर खेत बाँझो, खाद्यान्न आयात बढ्दो: ४ महिनामा ५ अर्ब ८९ करोडका खाद्यवस्तु आयात

झापा। कृषिप्रधान मुलुक नेपाल आधारभूत खाद्यान्न समेत आयातमा भरपर्नु परिरहेको छ । कृषिलाई सम्मानित पेशा बनाउन नसक्दा यो समय बिताउने मेसो मात्र बन्न पुगेको छ ।

गाउँघरका उर्बर खेतबारी बाँझो राखेर युवाहरु विदेश पलायन हुने क्रम जारी नै छ भने विदेशबाट भित्रिएको विप्रेषणले खाद्यान्न आयात गरेर पेट भर्नुपर्ने अवस्था छ ।

EPIC EPIC EPIC

चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाकाबाट मात्रै पाँच अर्ब ८९ करोड रुपेयाँ बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र रु दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसै गरी, रु एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *