फेटा गाउँपालिकाका अध्यक्ष रास्वपामा प्रवेश

काठमाडौं । बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे । अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

EPIC EPIC EPIC

त्यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका अन्सारीलाई २०७९ को निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्षको टिकट दिए पनि वडाध्यक्षमा उनले चाहेका उम्मेदवारलाई टिकट नदिएपछि अन्सारी कांग्रेस छाडेर विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *