गोलधाप–हल्दीबारी जोड्ने भुल्का मार्ग उद्घाटन, राजेन्द्र लिङदेनद्वारा नामाकरण

झापा। हल्दीबारी गाउँपालिका वडा नम्बर १ बाट धनुषा आधारभूत विद्यालयसम्म जोड्ने नवनिर्मित कालोपत्रे सडकको आज औपचारिक नामाकरण गरिएको छ। पूर्वउपप्रधान तथा जलस्रोत र ऊर्जामन्त्री राजेन्द्र लिङदेनले उक्त सडकको नाम भुल्का मार्ग राख्नुभएको हो।

२ करोड ६५ लाख ४३ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त सडकको लम्बाइ २ हजार ३६५ मिटर र चौडाइ ५.५ मिटर रहेको छ। आयोजनामध्ये १ करोड १० लाख रुपैयाँ केन्द्र सरकारबाट प्राप्त समपूरक बजेट हो भने बाँकी १ करोड ५५ लाख रुपैयाँ हल्दीबारी गाउँपालिकाको लगानी रहेको छ।

EPIC EPIC EPIC

स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निर्माण सम्पन्न भएको यस सडकले आवतजावतलाई सहज, छिटो र सुरक्षित बनाउने विश्वास गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले पालिकाबाट गोलधाप जोड्ने मुख्य मार्ग भएकाले यसको प्रभावकारिता अझ बढ्ने बताउनुभयो। सीमित बजेटका बाबजुद जनप्रतिनिधि र कर्मचारी इमान्दार भए विकास सम्भव हुने उहाँको भनाइ थियो।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। अध्यक्ष लिङदेनले पालिकाले खर्च व्यवस्थापन मितव्ययी तरिकाले गरेकाले विकासले गति लिएको र यसले निरन्तरता पाउने धारणा व्यक्त गर्नुभयो।

वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापाले वडावासीको माग सम्बोधन गर्ने प्रयास सफल भएको बताउनुभयो। राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र ओलीले पनि आफ्ना धारणा राख्नुभएको थियो। आयोजनाको लागत विवरणबारे प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराउनुभएको कार्यक्रममा योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गर्नुभएको थियो।

सडकको दुवै किनारामा पहेँलो रङको लाइनिङ गरिएको छ, जसले सडकलाई व्यवस्थित र सुरक्षित बनाएको छ। साथै रातिको समयमा आवतजावत सहज बनाउन मार्ग प्रकाश बत्ती जडान गरिएको छ भने ठाउँठाउँमा जेब्रा क्रसिङ पनि निर्माण गरिएको छ।

सडक निर्माणपछि गोलधापबाट हल्दीबारी गाउँपालिकासम्मको यात्रा अब छिटो र सहज भएको छ। मुख्य सडकसँग जोडिने यो मार्ग भएकाले आगामी दिनमा मानव आवागमन र सवारी चाप अझ बढ्ने अपेक्षा गरिएको छ।

सीमित स्रोत र साधनका बाबजुद हल्दीबारी गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई निरन्तरता दिँदै आएको छ। पालिकाभित्रका मुख्य सडकहरू क्रमशः कालोपत्रे हुँदै गइरहेका छन्, जसले समग्र विकास, आर्थिक गतिविधि र नागरिकको दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *